Breaking

थप ७७ मा कोरोना संक्रमण, एकको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९८१ जनामा गरिएको नमूना परीक्षणमा ७७ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सो समयावधिमा १ जना संक्रमितको मृत्यु भएको छ भने १८९ जना संक्रमणमुक्त भएका छन् ।