देश

खनालसँग विप्लवको भेटवार्ता


काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालसँग भेटवार्ता गर्न उहाँको निवास डल्लु पुगेको छ । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनमा फरक धारणा राख्दै आउनुभएका खनाललाई चन्दले यसअघि पनि घरमै पुगेर भेट्नुभएको थियो ।

आज बिहान १० बजेको हाराहारीमा खनाल निवास डल्लु पुगेका हुन् विप्लवसँग पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पनि उपस्थिति थिए । खनाल निवासमा झण्डै डेढ घण्टा छलफल भएको बताएको छ ।