काठमाडौँ — व्यावसायिक गाईपालनमा नश्ल सुधार गर्ने उद्देश्यले अमेरिकाबाट ल्याइएका साँढे यतिबेला पोखरामा क्वारेन्टिनमा छन् । ती साँढेलाई पोखरा महानगरपालिका–१५, भेडीफारमस्थित फार्ममा क्वारेन्टिनमा राखिएको छ ।अमेरिकाबाट फागुन १३ गते सातवटा साँढे हवाइजहाजमार्फत नेपाल ल्याइएका थिए । एउटा काठमाडौंमै राखेर बाँकी साँढेलाई फागुन १५ गते पोखरा ल्याइएको राष्ट्रिय पशु प्रजनन् कार्यालय, पोखराका वरिष्ठ पशु विकास अधिकृत खगेन्द्रराज सापकोटाले अनलाइनखबरलाई जानकारी दिए ।
पोखराको क्वारेन्टिनमा रहेका ती साँढे स्वस्थ छन् । प्रजनन कार्यालय, कास्कीका अनुसार पोखरा ल्याइएका साँढेको रगतदेखि अन्य आवश्यक विभिन्न स्वास्थ्य परीक्षण गरिसकिएको छ । अहिलेसम्म अमेरिकी साँढेमा कुनै स्वास्थ्य समस्या देखिएको छैन । विस्तारै पोखराको हावापानीमा बानी पर्दैछन् वरिष्ठ पशु विकास अधिकृत सापकोटाले भने, ‘अब पनि ५ / ६ दिनसम्म कुनै स्वास्थ्य समस्या देखिएन भने फिल्डमा लैजान्छौं ।’


प्रतिक्रिया