काठमाडौँ – रुसले आक्रमणलाई तिब्र बनाएपछि युक्रेन एकाएक नेटोमा सदस्यता लिने विषयबाट पछि हटेको छ । जसले गर्दा दुइसाता लामो रुस युक्रेन युद्ध रोकिने आंकलन गरिएको छ ।
पश्चिमा राष्ट्रले प्रत्यक्ष सहयोग नगरे पछि अन्तत युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्की उत्तर एट्लान्टिक सन्धी संगठन (नेटो) को सदस्यता लिने आफ्नु अडान बाट पछि हटेका छन् । जुन अडानबाट जेलेन्स्की पछि हटेसँगै अव युद्ध रोकिने आंकलन गरिएको छ । नेटोको सदस्यता लिने जेलेन्स्कीको तयारीपछि रुष्ट रुसले युक्रेनमा सैन्य आक्रमण गरेको थियो ।
देशको स्थिति थप बिग्रँदै गएपछि युक्रेनका राष्ट्रपति जेलेन्स्की अडान त्याग्न बाध्य भएका हुन् । रुसले युद्धग्रस्त क्षेत्रबाट सर्वसाधारणलाई निकाल्न बुधबार १२ घण्टाका लागि संघर्षविराम गरेपछि जेलेन्स्की थप झस्केका छन् । राजधानी किभ वरपरका क्षेत्रहरू, दक्षिणमा जापोरिज्जिया र त्यसका केही भागमा अस्थायी युद्धविराम गरेको रुसले आक्रमण कडा पार्ने लगभग निश्चित देखिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।
जसका कारण जेलेन्स्कीले रुसलाई शान्त पार्न नेटो सदस्यता नलिने घोषणा गरेको बताइएको छ । त्यस माथि युक्रेनी नागरिकमा आत्मावल कमजोर हुदै गएका कारण पनि जेलेन्स्की थप दवावमा छन । त्यसमाथी रुसले युक्रेनमा हाल गरेको बमबारी थप दयनिय बन्दै गएको छ । पछिल्लो समय बाल अस्पतालमा रुसी सेनाले आक्रमण गरे पछि युद्ध अपराध भएको युक्रेनी राष्ट्रपति जेलेन्स्कीले गुनासो गरेको थिए ।
करिब दुई साता लामो युद्धका क्रममा ठूलो जनधनको क्षति भएको छ । रुसी आक्रमणका कारण सयौं सर्वसाधारण र सैनिकको मृत्यु भएको छ । २२ लाखभन्दा बढी युक्रेनीले देश छाडेको संयुक्त राष्ट्रसंघले जनाएको छ । दुई सातादेखि जारी आक्रमणका क्रममा रुसले युक्रेनको खर्किभ सहरमाथि पूर्ण नियन्त्रण कायम गरिसकेको छ भने अन्य प्रमुख सहरमा आक्रमण तीव्र पारेको छ ।
पछिल्ला दिनमा रुसले युक्रेनको राजधानी किभसँगै मरिउपोल, भोल्नोभाख, ओडेसा लगायतका सहरलाई लक्ष्य गर्दै बमबारी गर्दै आएको छ ।


प्रतिक्रिया