काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा थप एक सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ९ हजार ३२८ जनामा परीक्षण गर्दा एक सय १२ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।
यस्तै संक्रमणबाट ज्यान गुमाउनेको संख्या शून्यमा झरेको छ । यस्तै, ४२९ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमित ५ हजार ३४० जना रहेका छन् ।


प्रतिक्रिया