देश

एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष नेपाली कांग्रेसमा प्रवेश


काठमाडौँ — शिवनाथ गाउँपालिका बैतडीका उपाध्यक्ष कुस्मा चन्द नेपाली कांग्रेस प्रवेश गरेकी छन् । ०७४ मा भएको स्थानीय तह निर्वाचनमा उनी नेकपा एमालेबाट उम्मेदवार भई चुनाव जितेकी थिइन् । यसबीचमा उनलाई एमालेले पार्टीबाट निकालेको थियो ।

राष्ट्रिय सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई मतदान नगरेको आरोप उनीमाथि लागेको थियो । आज आयोजित कार्यक्रममा कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले उपाध्यक्ष चन्दलाई साधारण सदस्यता दिएर नेपाली कांग्रेसमा प्रवेश गराएका हुन् ।