Breaking

चुनावमा भोट हाल्नु डकैती गर्ने लाइसेन्स मात्रै हो, मेरो अभियान ‘नो भोट’ : खतिवडा (भिडियोसहित)


काठमाडौँ — सरकार बनाउने सम्भावना रहेसम्म संविधानले संसद् विघटनको छुट दिएको छैन । सर्वाेच्च अदालतले यसअघिका दुई विघटनलाई बदर गर्दै स्थापित गरेको नजिर हो यो । तर अहिले सत्ता गठबन्धनमा संसद् विघटन गर्दै अर्ली इलेक्शनमा जानेबारे छलफल चलिरहेको छ ।तर संसद् विघटन र अर्ली इलेक्शनको बहसले स्थानीय तहको निर्वाचनलाई पर धकेल्नेत होइन ? भन्ने प्रश्न उब्जीएको छ ।

सत्ता घटकको नेतृत्व गरेको नेपाली काँग्रेस पूर्णतः अब स्थानीय तहको निर्वाचनमा होमिएको छ । तर त्यही गठबन्धनमा आवद्ध केही दलहरुलाई चुनावले छोएको छैन । आन्तरिक मतभेदमै अल्झिएका दल चुनावबारे अन्योल छन् । तर प्रमुख प्रतिपक्ष नेकपा एमालेसमेत निर्वाचनलाई पहिलो प्राथमिकता बनाएर देशदौडाहमा लागिपरेको छ । मुलतः स्थानीय तहको निर्वाचन आउन अब झण्डै दुई महिनाको समय बाँकी छ । यो अवस्थामा सत्ताको नेतृत्व गरेका नेपाली काँग्रेस र प्रमुख प्रतिपक्ष निर्वाचनमा होमिसकेका छन् । यसै सन्दर्भमा योहो टेलिभिजनको योहो बहस कार्यक्रम राजनीतिक अगुवा तथा अभियन्ता बद्रीप्रसाद खतिवडासँग गरिएको कुराकानी :