काठमाडौँ — प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनका दलहरूसँग चुनावी तालमेल गरेर जाने संकेत गरेका छन् । देउवाले गठबन्धनमा रहेका दलहरूलाई चिड्याउने कुरा नगर्न पनि नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।’ गठबन्धनका साथीहरूलाई वेवास्ता गर्ने कुरा छैन, स्थानीय तहदेखि चुनावमा गठबन्धनका साथीहरूसँग छलफल हुन्छ ।
सबैको सहयोगमा अगाडि जानुपर्छ, उनले भने, ‘तपाईंहरूलाई थाहा छ, एक्लै चुनावमा जाँदा हाम्रो अवस्था के थियो धेरै ठाउँ हारिएको थियो । मिलेर चुनाव लगेको अवस्थामा स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्म भोलि सरकार बनाउने स्थिति बन्न सक्छ ।’ प्रधानमन्त्री देउवाले कुनै पनि पार्टीले एक्लै बहुमत ल्याउन सक्ने अवस्था नरहेको पनि बताए । गठबन्धनका साथीहरूको सहयोगले यो सरकार बनेको हो ।
म प्रधानमन्त्री बनेको छु,’ उनले भने, ‘जिल्ला, गाउँमा केही समस्या होलान् । बसेर कुराकानी गर्ने हो । उहाँहरू पनि बुझ्ने नेताहरू हुनुहुन्छ । हाम्रा साथीले पनि कुरा बुझ्नुपर्छ ।’ उनले गठबन्धन र विपक्षी एमालेलाई पनि चिड्याउने कुरा नगर्न आग्रह गरेका थिए ।नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले सहयोग गरेपछि आफू प्रधानमन्त्री बनेको देउवाको भनाइ थियो । देउवा गत असारमा प्रधानमन्त्री बनेका थिए ।


प्रतिक्रिया