देश

प्रधानमन्त्री देउवा पार्टीको पत्रकार सम्मेलनमा नजाने


काठमाडौँ — नेपाली कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवा नजाने भएका छन् । स्थानीय तह केन्द्रित चुनावी अभियान घोषणा गर्न पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा पार्टी सभापति एव‌ प्रधानमन्त्री देउवा नजाने कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

पत्रकार सम्मेलन दिउँसो ३ बजे हुँदैछ । कार्यक्रममा यसअघि प्रधानमन्त्री देउवा जाने बताइएको थियो । मुख्यसचिव पौडेलका अनुसार पत्रकार सम्मेलनमा उपसभापतिहरू,महामन्त्रीहरूलगायत पार्टीका शीर्ष नेताको उपस्थिति रहनेछन् ।