देश

फ्रान्सेली प्रतिनिधिमण्डल आज नेपाल आउदै


काठमाडौँ —फ्रान्सको सांसद तथा फ्रान्स नेपाल मैत्री समूहकी अध्यक्ष भेरोनिक रियोटन, उपाध्यक्ष निकोलस फोरिसियर र र ग्राजिएला मेल्चियर टोली चार दिने भ्रमणका क्रममा आज नेपाल आउने भएको हो । नेपाल–फ्रान्स अन्तर संसदीय समुहका अध्यक्ष माधवकुमार नेपालको निमन्त्रणामा उनीहरु चार दिने भ्रमणमा आज नेपाल आइपुग्ने नेपालस्थित फ्रान्सेली दूतावासका मिडिया को–अर्डिनेटर दिपेश बिडारीले जानकारी दिए ।

उक्त टोलीले राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने छन् ।