काठमाडौँ — रुस र युक्रेनको युद्धलाई लिएर यतिवेला विश्वमा अनेकन अड्कल बाजि काटि राखीएको छ । पश्चिमा देशले युक्रेनलाई उचालेर पछि त्यसै छाडेको देखि नेटोमा आबद्ध देश किन यो संकटबाट अछुतो हुन खोज्योे भन्ने चर्चा विश्वमै छ । कतिपयले, नेटो सेनाले युक्रेनलाई प्रत्यक्ष सहयोग गरे विश्व युद्ध हुने रुसको चेतावनिले पनि दोस्रो विश्वयुद्धमा उदाएका नेटोका सदस्य राष्ट्र हच्कीएको चर्चा पनि छ ।
अर्को तर्फ युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अहिले विश्वमा सवैभन्दा बढि चर्चामा छन् । कारण हो उनको राष्ट्रवादी चरित्र । रुसले आक्रमण गरेको केहि दिनमै उनलाई अमेरिकाले देश छाडेर अमेरिका आउन गरेको प्रश्ताव जेलेन्स्कीले ठाडै अश्विकार गरेका थिए । यति सम्म कि लगभग देशभर रुसी फौज फैलिएर आफ्नै ज्यान खतरामा पुग्दा समेत उनि देश छाड्ने पक्षमा छैनन् । राष्ट्रपति जेनेस्कीलाई मार्ने योजना रुसले बनाएको र ४ पटक सम्म मार्ने दाउ खोजेको युक्रेनको रुक्षा मन्त्रालयले नै पुष्टी गरेको छ ।
गत शनिबार युक्रेनका राष्ट्रपतिले अमेरिकी संसदलाई सम्बोधनको क्रममा यो आफ्नो अन्तिम उपस्थिति हुनसक्ने भन्दै भावुक सम्बोधन गरेका थिए । जसले अमेरिकाको सदन र जनतामा पनि चर्चाको विषय बनेको थियो । जो बाइडेनलाई समेत अमेरिकी सांसदले रुस सँग डराएको आरोप लगाएका थिए । यसै सन्दर्भमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनलाई सीबीएस समाचार च्यानलले एक अन्तरवार्तामा प्रश्न सोध्यो यदि रुसको आक्रमणमा युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की मारिए भने के हुन्छ ? यस प्रश्नको जवाफमा अमेरिकी विदेश मन्त्रीले भनेका छन् युक्रेन सरकारसँग आकस्मिक योजना छ ।
हामी यो कुराको तय गर्ने छौं कि युक्रेन सरकारलाई सत्तामा राखिराख्न के गर्नुपर्छ । यो कुरा म र हामी माथि छाड्दिनुस् ।
यसले पनि के प्रस्ट हुन्छ भने अमेरिका सहित पश्चीमा देशले युक्रेनमा आफ्नै तर्फबाट रुसी सेना धपाउन सेना नपठाए पनि आर्थिक र राजनैतिक सहयोग भने जारि राखेका छन । जसले गर्दा रसको युक्रेनलाई तत्काल कब्जा जमाउने र जेलेन्स्कीको हत्या गर्ने योजना सफल नभएको पनि विश्लेषण गरिएको छ । १३ औ दिन सम्मै पश्चिमा देसको हतियारकै आडमा युक्रेन रुस सँग भिडिरहेको छ ।
त्यस्तै, युद्धको असर विश्वमा नै परिरहकेका बेला जेलेन्स्की पछि हट्लान कि पुटिन भन्ने पनि चर्चा छ ।
पुटिनको एक सनकले आफ्नु देशको अर्थतन्त्र ध्वस्त भएको रुसका उद्योगीको आक्रोश छ भने रुसकै राजधानी लगायत दर्जनौ सहर रसियनहरु युक्रेनबाट पछि हट्न पुटिनलाई आन्दोलन मार्फत दवाव दिइरहेका छन । आइतबार युक्रेनमा गरेको आक्रमणको विरोधमा प्रदर्शन गर्ने ४६ सय भन्दा धेरै आफ्नै नागरिकलाई रुसको सरकारले पक्राउ गरेको छ । रुसी अधिकारी र मानव अधिकारबादी समूहले दिएको जानकारीअनुसार राजधानी सहर मस्कोमा मात्र आइतवार १७ सयभन्दा धेरै मानिसहरु पक्राउ परेका छन् । पछिल्लो १२ दिनमा रुसबाट १० हजारभन्दा धेरै मानिस पक्राउ परिसकेका छन् ।
रुसले युक्रेनमा गरेको आक्रमणको विरोधमा विश्वभर प्रदर्शन भइरहेको छ तर रुसले भने युक्रेनमाथिको आक्रमण झन् बढाउँदै लगेको छ । साथै युक्रेनी राष्ट्रपति जेलेन्सकी पनि पछि हट्ने पक्षमा देखिदैनन् । जसका कारण तत्काल युद्ध रोकिने छनक देखिएको छैन ।
भिडियो


प्रतिक्रिया