देश

चरित्र हत्या गरेको आरोपमा युट्युबर थापा पक्राउ


काठमाडौँ — बुटवल महानगरपालिका १३ बस्ने २१ वर्षीय राहुल थापालाई साइबर ब्युरोले पक्राउ गरेको छ । सेलेब नेपालका सञ्चालकलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । थापाले सेलेब नेपाल नामको युट्युब च्यानल सञ्चालन गरेर त्यसमार्फत् पीडितको मानमर्दन र चरित्र हत्या गरेको आरोप छ ।

ब्युरोले उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धान अघि बढाएको बताएको छ । काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। यस्तै, ब्युरोले आइतबार नै ललितपुर बस्ने २९ वर्षीय विकास महर्जनलाई पक्राउ गरेको छ। उनीमाथि नाबालिगको अश्लिल तस्बिर तथा स्ट्याटस राखेको आरोप छ।