देश

महिलामाथि एसिड प्रहार


काठमाडौँ — सूर्यविनायक नगरपालिका–४ दधिकोट चित्रपुरका ६५ वर्षीय श्याम गुभाजुले आफ्नै पत्नी ६० वर्षीया पूजा गुभाजुलाई कुटपिट र एसिड प्रहार गरी घाइते बनाएका छन् । प्रहरीका अनुसार आइतबार साँझ श्यामले पत्नी पूजा गुभाजुको शरीरमा नाम नखुलेको केमिकल रसायन प्रहार गरेको हो ।

घाइतेको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको भक्तपुर प्रहरीले जानकारी दिएको छ । घटनामा संलग्न श्याम गुभाजुलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । उनी शारीरिक रुपमा अशक्त भएको समेत प्रहरीले भनाइ छ । ‘