काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी चयन गर्न असफल भएका छन् । शुक्रबार सुरु भएको केन्द्रीय समितिको बैठकबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरेको भए पनि असफल भएको हो ।शुक्रबार उद्घाटन भएको बैठक आइतबारको लागि बोलाइएको थियो । तर, पार्टीमा गृहकार्य नपुगेको भन्दै सहमति बन्न नसकेपछि बस्न सकेन । अध्यक्ष प्रचण्डले लामो समय लगाएर आन्तरिक गृहकार्य गर्दा पनि पदाधिकारीमा सहमति जुटाउन नसकेपछि अब वैशाखमा हुने स्थानीय तहको चुनावपछि मात्रै पदाधिकारी चयन गर्ने माओवादीका प्रमुख सचेतक देव गुरुङले बताए ।
सहमतिबाटै पदाधिकारी चयनको प्रयास भइरहेको छ । सहमति हुन नसके वैशाखमा हुने स्थानीय तहको निर्वाचनपछि मात्रै पदाधिकारी चयन गर्ने तयारी छ’ उनले बैठकस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बैठकले केन्द्रीय पदाधिकारी, पोलिटब्युरो, केन्द्रीय समितिलाई पूर्णता दिने तयारी छ । थता पार्टीको अध्यक्षपछिको जिम्मेवार पद महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनले बलियो रुपमा अडान लिइराखेका कारणले प्रचण्डले पदाधिकारी चयन नगर्ने रणनीति तय गरेका बुझिएको छ।


प्रतिक्रिया