काठमाडौँ — स्थानीय तहको निर्वाचनको मिति आउन अब ६७ दिनमात्र बाँकी छ । गत माघ २५ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया रोकेको आयोगले यतिबेला प्रत्येक जिल्ला निर्वाचन आयोगका कार्यालयहरूमा मतदाता नामावलीमाथि दावी विरोधको प्रक्रिया चलिरहेको छ । दावी विरोधको प्रक्रिया सकेपछि आगामी चैत १३ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।
प्रवक्ता पौडेलले भने– ‘जिल्ला जिल्लामा, पालिका–पालिकामा नामावली टाँस भएर दावी विरोधको निवेदन लिने काम भइरहेको छ । निर्वाचन आयोगमा दर्ता कायम रहेका १ सय ११ राजनीतिक दलमध्ये ८० दलले स्थानीय तहको निर्वाचनमा भाग लिने प्रयोजनमा लागि आफ्नो निवेदन दिएका छन् । फागुन ५ देखि १५ गतेसम्म निवेदन लिने समय तोकेका थियौं । सो क्रममा यी दल दर्ता भएका हुन् । दलहरुले दिएका ति निवेदन उपर जाँच बुझको काम भइरहेको छ । कुन दल निर्वाचन प्रयोजनका लागि दर्ता गर्ने वा नगर्ने यही फागुन २६ गते आयोगले निर्णय गर्ने छ ।


प्रतिक्रिया