देश

आफैमाथि गोली हानी प्रहरी जवान घाइते


काठमाडौँ – धनगढीको कैलालीमा एक जना प्रहरी जवानले आफैमाथि गोली प्रहार गरेका छन् । प्रहरी चौकी कालाकुण्डामा कार्यरत प्रहरी जवान झंकर बोहराले ड्युटीमा रहेका बेला शनिबार राति आफैंमाथि गोली हानेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिएका छन् । चिउडोमा गोली लागेर घाइते भएका उनलाई उपचारका लागि प्रहरी अस्पताल काठमाडौं पठाइएको उनले बताए ।