काठमाडौँ — रुसको समर्थकमा सर्बियाको राजधानी बेलग्रेडमा हजारौँ मानिसहरू प्रदर्शनमा सहभागी भएका छन् ।
शुक्रवारको प्रदर्शन युक्रेनमा रुसको आक्रमणबीच मस्कोको समर्थनमा निस्किएको हो । उनिहरुले भनेका छन् रुसले मानव जाति सभ्याता र परम्पराको बचाउ गरिरहेको छ । यो असल र खराब बिचको युद्ध हो ।
हामिलाई थाहा छ भगवानको कृपाले रुसि माताले जित्ने छिन् । हामी हाम्रो दाजुभाइको समर्थनमा जम्मा भएका हौं । सरकारहरुबिरुद्ध प्रदशन गर्न जम्मा भएका थिए प्रदशनमा रुसि र सर्बिया राष्ट्रगान बजाँउदै झण्डा फहराएका थिए । सर्बियाको शताब्दियौँ देखि रुससँग धार्मिक, जातीय र राजनीतिक सम्बन्ध छ ।
यतिवेला रुस केहि तनावमा जस्तो देखिन्छ । युद्धबाट पछि हटे कमजोर भएको पश्चिमा देशले प्रामाणीत गर्ने रुसलाई डर छ भने युद्धमा अघि बढ्दा अनेकन दवाव रुसलाई छ । जस्तै, आफ्नै नगारिकको विरोध देखि युद्ध अपराध गरेको आरोप रुसी राष्ट्रपति पुटिनले खेपीरहेका छन । युरोपेली युनियनको आर्थिक प्रतिवन्ध देखि खेलाडी सम्मलाई लगाइएको प्रतिबन्धले पनि पुटिनमा पश्चिमाले दवाव श्रृजना गरेको प्रस्टै हुन्छ ।


प्रतिक्रिया