काठमाडौँ — राजधानी किभको उत्तर–पश्चिमी सहर इरपिनमा लगातार बमबारी गरिरहेको छ । इरपिनमा रुसी सेनाले रातभरि नै गोलाबारी र बमवर्षा गरेको जनाइएको छ । निरन्तरको गोलाबारीका बीचमा इरपिनका स्थानीयवासी सहर छोडेर भाग्ने प्रयास गरिरहेका छन् । यस क्षेत्रमा बम वर्षा गराउँदै रुसी सेनाको ठूलो डफ्फा राजधानी किभतर्फ अघि बढेको छ ।
यस्तै मारियुपोल र भोल्नोभाखा सहरमा रुसी सेनाले गरेको युद्धबिराम आफैले उल्लंघन गरेको छ। सहर नियन्त्रणमा लिएपछि युद्धबिराम घोषणा गरेको रुसी सेनाले आधा घण्टा नबित्दै आवसीय भवनहरुमाथि रकेट र मिसाइल आक्रमण गरेको छ। मारियुपोलका उपमेयर सग्रेई ओर्भोवले रुसी सेनाले निरन्तर बमबारी गरिरहेको बताए । उपमेयर ओर्भोभवले रुसी सैनिकको आक्रमणमा मारिएका कयौँ व्यक्तिको शवसमेत उठाउन नसकिएको जनाएका छन् । उनले रुसले सहर नै खरानी बनाएको बताएका छन् ।
यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनलाई हवाई निषेधित क्षेत्र बनाउन फेरि माग गरेका छन्। उनले भिडियोमार्फत् अमेरिकी कांग्रेसलाई सम्बोधन गर्दै थप हतियार उपलब्ध गराउन पनि आग्रह गरे। जेलेन्स्कीले मानवीय र सैन्य सहयोगका लागि अपिल गरे । यसअघि नेटो सेना र युरोपेली संघसँग जेलेन्स्कीले रुसी आकाशलाई हवाई निषेधित क्षेत्र बनाउन आग्रह गरेका थिए। साथै उनले रुसी तेल खरिदमा पनि प्रतिबन्धको माग गरे


प्रतिक्रिया