Breaking

बाँसको टेकोले धानेको इन्टरनेट–विद्युतीय तार, दुर्घटना भए को जिम्मेवार ?


काठमाडौँ – विकासको नारा सबै राजनीतिक दल र नेताहरुको राजनीतिक खुड्किलो बन्ने गरेको छ । देशको विकास र नागरिकको जनजीविका सहज बनाउनकै लागि मुलुकमा तीन तहको सरकार छ । तर नागरिकको जनजीविकामा तहगत सरकारको उपस्थिति कहाँ छ ? नागरिकको जनजीविकाबारे सोच्ने संयन्त्र के छ ? यदि छ भने के गर्दै छ सोच्ने बेला आएको छ ।

विगत केहि समयदेखि देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार नजिकैको यो क्षेत्रमा यत्रतत्र बनेको इन्टरनेट तथा विद्युतीय तारको व्यवस्थापन बाँसको टेको लगाएर गरिएको छ । केहि स्थानमा साता दिन भयो भने केहि स्थानमा महिनौं वितिसक्यो । बाँस नै पटक पटक फेरिसकेको यो दृश्यले प्रष्ट्याउँछ । तार व्यवस्थापनको यो तरिकाले केहि सहज बनाएको भए पनि जोखिम भने बढाएको छ ।

इन्टरनेट तथा विद्युतीय तार आफैमा जोखिमपूर्ण छ । यत्रतत्र छरिएर रहेको तारको झुण्डले सवारी दुर्घटनादेखि आम सर्वसाधरणलाई आवतजावत गर्न समेत कठिन थियो । सर्वसाधरण आवतजावत गर्दै गर्दा वा झुक्किएर ठोक्किएमा दुर्घटना स्वभाविक छ । कतैबाट विद्युतीय करेन्ट लिन भएमा कति भयानक दुर्घटना हुन्छ यकिन गर्न कठिन छ ।

यो विषयमा कसलाई कहाँ गएर कसलाई भन्ने ? स्थानीय अनविज्ञ छन । बाँसको टेको कसले लगाएको थाह छैन । तर यदि हावाले वा अरु कुनै कारणले बाँसको टेको ढलेको खण्डमा आफैले उठाउनेसम्म गरेका छन् ।

चुनावका बेला विकासको ओठे नारा लगाएरै निर्वाचित भएका जनप्रतिनिधि यस विषयमा अनविज्ञ छन । आफ्नै वडामा जोखिमपूर्ण तारको व्यवस्थापन टेको लगाएर गरिएपनि यस विषयमा प्रतिनिधिहरु जानकार नै छैनन् । उनीहरु यसको व्यवस्थापन गर्ने अधिकार वडालाई नभएको भन्दै पन्छिए ।

यद्यपि आफूले सरोकारवालाहरुसँग पटक पटक यस विषयमा अनुरोध गरे पनि सम्बोधन नभएको वडा कार्यलयको भनाई छ ।

हेर्दा सामान्य, सरकारको इच्छशतिm भए एकछिनको काम तर यसतर्फ सबै संयन्त्र मुखदशक छन । अझ भनौं यसले नागरिकलाई समस्या पर्छ भनेर कसैले सोचेको पाइदैन । सत्तामोह र कुर्शी केन्द्रित राजनीतिमा रमाइरहेका दलहरुलाई पनि यो दृश्यले गिज्याइरहेको छ ।