विदेश

रुसमा आफ्ना फोन र चिप्स नबेच्ने सामसुङको निर्णय


काठमाडौँ – किभ स्मार्टफोन निर्माता कम्पनी सामसुङले ‘वर्तमान भूराजनीतिक अवस्था’लाई ध्यानमा राख्दै रुसमा आफ्ना फोन र चिप्सको बिक्री बन्द गरेको कम्पनीले बताएको छ। अहिलेको जटिल परिस्थितिलाई नियालेर मात्र निर्णय लिने कम्पनीले बतायो। दक्षिण कोरियाको सामसुङ रुसमा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन ब्राण्ड हो । यसपछि सबैभन्दा धेरै बिक्री चीनको शाओमी र अमेरिकाको एप्पलले गरेको छ ।

कम्पनीले रुसमा आफ्ना सामान बेच्न मात्र रोकेको छैन, युक्रेनमा जारी मानवीय राहत कार्यलाई सहयोग गर्न ६ मिलियन डलर सहयोग गर्ने पनि बताएको छ । यसमा कर्मचारीहरू र इलेक्ट्रोनिक्सबाट सङ्कलन गरिएको पैसा समावेश हुनेछ ।यसअघि शुक्रबार माइक्रोसफ्टले रुसमा आफ्ना सामानको बिक्री रोकेको थियो । हर्मेस, केरिङ र च्यानल जस्ता विलासी सामान बनाउने धेरै फ्रान्सेली कम्पनीहरूले पनि रूसमा बिक्री बन्द गरेका छन् । साथै कार्ल्सबर्ग बियर बनाउने डेनमार्कको कम्पनीले पनि रुसमा निर्यात बन्द गरेको छ ।