काठमाडौँ – मधेश प्रदेश अन्तर्गत मिथिला क्षेत्रको महाकुम्भ मानिने धार्मिक एवं ऐतिहासिक १५ दिने माध्यमिकी परिक्रमा महोत्सव सुरु भएको छ । फागुन औंसी तिथिदेखि पूर्णिमासम्म मनाइने परिक्रमा महोत्सव धनुषाको कचुरी गाउँस्थित कचुरी मठबाट भगवान् राम र जानकीको डोलासहित सुरु भएको हो ।
मिथिला बिहारी मठबाट राम जानकीको डोला जनकपुरधामको रत्नसागर मठ हुँदै जानकी मन्दिर ल्याइन्छ । त्यहाँबाट राम जानकीको डोला र जनकपुरका अन्य मठमन्दिरबाट ल्याइएका थप डोलाहरु समेत समावेश गरेर हजारौंको संख्यामा साधुसन्त तथा श्रद्धालुहरु परिक्रमा यात्रा प्रारम्भ गर्छन ।


प्रतिक्रिया