काठमाडौँ – युक्रेन आक्रमणको ६ दिन आईपुग्दा रुस केहि हच्कीएको छ । आक्रमणलाई निरन्तर जारी राखेपनि युरोपेली युनियनले लगाएको आर्थिक प्रतिबन्द्धले रुसलाई नराम्रो सँग प्रभावित गरेको छ । जसको प्रभाव विक्तिय प्रणालीमा देखिएको छ । फलत, रुस र युक्रेन बीच बेलारुसमा बार्ता हुँदैछ । जुन बार्ताले युद्ध रोकिने अपेक्षा गर्न सकिन्छ । रुसले युक्रेनमा आक्रमण गरेको ६ दिन भयो ।
आणविक हतियार र सैन शक्तीले भरिपुर्ण रुसका विरुद्ध युक्रेनी सेना, नागरिक र स्वयम राष्ट्रपति भोलिदिमिर जेलन्स्कीले मेसिन गन भिरेर प्रतिकार गरिरहेका छन् । आक्रमण भएको छैटौं दिन सम्म आईपुग्दा समेत रुसले युक्रेनमा पुर्णरुपमा कब्जा जमाउन सकेको छैन ।
सोमबार मात्र युरोपेली युनियनको थप प्रतिबन्द्धको सामना गरेको रुस केहि हच्कीएको जस्तो देखिन्छ । हुन सक्छ रुसलाई युरोपबाट व्यापारिक रुपमा अलग्गिन मन छैन । हुनत युक्रेनमाथि हमलापछि रुसको बैंकमाथि युरोपेली देशको प्रतिबन्धको असर देख्न थालिएको छ । यसैबीच रुसको सेन्ट्रल बैंकले आफ्नो ब्याजदरमा व्यापक वृद्धि गरेको छ ।
रुसको सेन्ट्रल बैंकले ब्याजदरलाई ९.५ प्रतिशतबाट बढाएर २० प्रतिशत बनाइदिएको छ । पश्चिमी देशको तर्फबाट लगाइएको आर्थिक प्रतिबन्धका कारण रुसको मुद्रा रुबलको खस्कँदो मूल्य र महँगीमाथि लगाम कस्ने उद्देश्यले यस्तो कदम उठाइएको हो । अर्थ मन्त्रालयका अनुसार मस्काले कम्पनीलाई आफ्नो विदेशी मुद्रा राजस्वको ८० प्रतिशत बेच्न पनि आदेश दिएको छ । सेन्ट्रल बैंकले एक बयानमा भनेको छ, रुसी अर्थव्यवस्थाको बाहिरी परिस्थिति असाध्यै धेरै फेरिएको छ, हामी अत्यत्तै समस्यामा छौँ ।
यसले के प्रमाणीत हुन्छ भने आक्रमणले रुसलाई आर्थिक रुपमा ठुलो क्षती पुर्याइरहेको छ । सोमबार साँझ नै युक्रेन र रुस विच बार्ताको तयारी समेत भएको छ । बेलारुसले युक्रेन र रुसका प्रतिनिधिमण्डलको वार्ताका लागि ठाउँ तयार भएको जनाएको छ । वार्ताका लागि युक्रेन र बेलारुसको सीमा नजिक ठाउँ तयार गरिएको छ । युक्रेन आफ्ना राजदूतलाई त्यहाँ पठाउन तयार भएको छ ।
तर, बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले रुसलाई सघाउन आफ्नो सेना पठाउने निर्णय गरेको भन्ने समाचार बहिरिए पछी बेलारुसको भुमिमा हुन लागेको बार्ता कती प्रभावकारी होला भन्ने आसङ्का समेत पैदा भएको छ ।
रुसले बार्ता गर्न सहमति दिए सँगै युक्रेनका राष्ट्रपति जेलन्स्कीले यस वार्ताबाट कुनै समाधान निस्किने आशा नरहेको बताएका छन । तर, युक्रेन र बेलारुसको सीमामा रुससँग शान्तिवार्ता गर्न युक्रेनी टोली पुगेको युक्रेनी अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार वार्ताको मुख्य विषय युद्धविराम र युक्रेनी भूमिबाट रुसी सेनाको फिर्ती हुनेछ । यसअघि बन्दोबस्ती तथा सुरक्षा कारण उक्त वार्ता स्थगित भएको बताइएको थियो ।
त्यस्तै, युक्रेनको रक्षा मन्त्रालयले रुसले आक्रमण गरेपछि भएको सङ्घर्षमा सुरुका चार दिनमा ५ हजार भन्दा बढी रुसी सैनिकको मृत्यु भएको दाबी गरेको छ । सोमबार जारी गरिएको विज्ञप्तिमा युक्रेनमा झन्डै ५,३०० सैनिकको ज्यान गएको तथा १९१ वटा रुसी ट्याङ्क, २९ वटा लडाकु विमान, २९ वटा हेलिकप्टर र सैनिकहरू बोक्ने ८१६ वटा वाहन नष्ट पारिएको दाबी गरिएको छ । यद्यपी, यी दाबीको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।
यूकेको रक्षा मन्त्रालयका अनुसार द्वन्द्वको प्रारम्भिक चरणमा रुसतर्फ ठूलो सैन्य क्षति भएको छ । रुसी रक्षा मन्त्रालयले आफ्नो पक्षमा पनि क्षति भएको स्वीकारोक्ति गरेको भोलिपल्ट युक्रेनले यस्तो दाबी गरेको हो । तर रुसले आफूतिर भएको मानवीय क्षतिको कुनै विवरण दिएको छैन ।
राष्ट्रसङ्घका अनुसार रुसी आक्रमणले युक्रेनमा गम्भीर मानवीय समस्या सिर्जना गरेको छ । उसले युद्धमा मर्ने मानिसको सङ्खया निकै धेरै भएको हुनसक्ने जनाएको छ ।


प्रतिक्रिया