राजनीति

एमसीसी अनुमोदन भएपछि सांसदहरूले के भने ? (भिडियोसहित)

आ–आफ्नै ढंगको व्याख्या


काठमाडौँ – नेपालमा सर्वाधिक चर्चित र विवादित सम्झौताको पहिचान बनाएको अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेञ्ज कर्पाेरेशन एमसीसी संसद्बाट अनुमोदन भएको छ ।

सडकको प्रदर्शन, प्रमुख प्रतिपक्ष एमालेको नाराबाजी र सांसदहरुको रस्साकस्सीकै बीच एमसीसी पास संसदबाट पास भएको हो । नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, जसपाकै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई नेतृत्वका दललेसमर्थनसहित मत दिएपछि एमसीसी संसद्बाटै अनुमोदन भएको हो ।