विदेश

युक्रेनप्रति पुटिन थप आक्रमक,कुन कुन देश युक्रेनको पक्षमा


काठमाडौँ – शैन्य आक्रमण सूरु गरेको पाँचौ दिन रुस र युक्रेनबीचको युद्ध थप चर्किएको छ । वार्ता अस्वीकार गरेसँगै रुसले युक्रेनमाथीको हमला थप आक्रमक बनाएको छ । समग्र युक्रेन रुस विरुद्ध डटेर सामना गरिरहेका छन । रुसको आलोचना र युक्रेनको सहयोगमा विभिन्न मुलुक उभिएका छन ।

पूर्व सोभियत संघका सदस्य समेत रहेका पूर्वी यूरोपका दुई छिमेकी मुलुक रुस र युक्रेनबीचको द्धन्द थप आक्रमक बन्दै गएको छ । छिमेकी मुलुक रुसको आक्रमणका कारण विहिवार यता युक्रेन युद्ध भूमि बनेको छ । राजधानी किभ अझै पनि युक्रेनको नियन्त्रणमा छ । सोमबारसम्मका लागि कर्फू लगाइएको छ ।

रुस आक्रमणको सामना गर्न युक्रेनले आफ्नो सबै शतिm खर्चिएका छन । युक्रेनी सेनाले रुसी आक्रमणविरुद्ध प्रतिरोध गर्न सर्वसाधारणहरूलाई अपिल गरेको छ । चार करोड ४० लाख जनसख्या भएको युरोपेली लोकतान्त्रिक मुलुक युक्रेन यति बेला विश्व समुदायसँग सहयोगको याचना गरिहरहेको छ ।

युक्रेनमा जारी आक्रमण र बमबारीबाट बच्न विभिन्न मुलुकले आफ्नो नागरिक उद्धार गरिरहेको छ । आफ्नो मुलुकको प्रतिरक्षा गर्न राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सहित युक्रेनी नागरिक राजधानी किभका सडकमा छन । राष्ट्रपति जेलेन्स्की समकक्षी अमेरिकी राष्ट्रपति जो बाइडेनले देश छाडेर आफ्नो देशमा आउन आग्रह गरे पनि वाइडनको प्रस्तावको ठाडो अस्वीकार गर्दै मुलुकको रक्षामा उत्रिएका छन् ।

उनको यो कदमको चौतर्फि प्रशंसा भईरहेको छ भने साहानुभुती समेत बटुलिरहेका छन् । पुटिनविरुद्ध रुसकै नागरिक विरोधमा छन, युद्ध रोक्न अपिल गरिरहेका छन । बेलारुसमा वार्ताका लागि आह्वान गरे पनि युक्रेन अस्वीकार गरेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रमण थप फराकिलो बनाउन आदेश दिएको छ ।

भू–रणनीतिक चपेटाका कारण द्धन्दमा फसेको युक्रेनलाई रसियाली आक्रमणविरुद्ध अमेरिका, बेलायत जर्मनी लगायतका मुलुकले सहयोग गर्ने भएको छ । अमेरिकाले युक्रेनलाई ३५ करोड डलर बराबरको सैन्य सहयोग उपलब्ध गराउने भएको छ । राष्ट्रपति बाइडेनले विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई निर्देशन दिएको छ । जर्मनीले युक्रेनलाई एक हजार हतियार, पाँच सय ‘स्टिङगर’, र सतहबाट हावामा मार हान्ने क्षेप्यास्त्र उपलब्ध गराउने घोषणा गरेको छ ।

युक्रेनले बेलायत तथा अन्य मित्र देशलाई रुसी आक्रमण रोक्न सहयोग गर्न आग्रह गरेको छ । आइतबार साँझसम्म युक्रेनको सहायक रक्षा मन्त्रालयका अनुसार हालसम्म ४३ सय रुसी सेनाको मृत्यु भएको दावी गरेका छन । रुसले अहिलेसम्म क्षतिबारे कुनै तथ्याङ्क सार्वजनिक गरेको छैन । युद्ध अझ कति विध्वश हुने हो अनुमान गर्न कठिन छ ।