समाचार

थप १५५ जनामा कोरोना संक्रमण, दुईको मृत्यु


काठमाडाैँ – पछिल्लो २४ घण्टामा नेपालमा थप १५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

दुई हजर २३९ पीसीआर परीक्षणमा १०१ जना र दुई हजार ९१३ एन्टिजेन परीक्षणमा ५४ जना गरी १५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । त्यस्तै ५४० जना संक्रमणमुक्त भएका छन् ।