काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जना र तीन हजार १७६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जना गरी २७५ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । ५५५ जना भने कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।


प्रतिक्रिया