विदेश

यूक्रेनमा रूसको सीधा हमला, आत्तिएको यूक्रेनलाई अमेरिकाले साथ दिदै


काठमाडौँ – रुसले आफ्नो छिमेकी देश युक्रेनमा आक्रमण सुरु गरे सँगै तेस्रो विश्वयुद्ध हुने आंकलन गरिएको छ । विहिबार विहान बाट सूरु भएको युद्धले हाल सम्म भयानक रुप लिइसकेको छ । युक्रेनलाई अमेरिका जर्मनी लगायत शक्ती राष्ट्रको साथ छ भने रुसलाई फ्रन्स र चिनले साथ दिएका छन । जसको प्रभाव विश्वभर पर्न थालेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सैन्य कारबाहीको घोषणा गरे सँगै यतिवेला विश्वको ध्यान रुस र युक्रेनमा केन्द्रीत छ । साथै तेस्रो विश्वयुद्ध युक्रेनबाट नै सुरु हुने होकी भन्ने आसंका समेत पैदा भएको छ । विहिबार विहान देखि नै रुसका २ लाख भन्दा बढी सेनाले युक्रेनमा निरन्तर आक्रमण गरिरहेका छन । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार रुसले युक्रेनको डोनबास क्षेत्र कब्जामा लिइसकेको छ ।
याता युक्रेनले पनि रुससँगको कूटनीतिक सम्बन्ध विच्छेद गरेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि कूटनीतिक सम्बन्ध विच्छेद गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन । उनले आवश्यक परे जो कोही नागरिकले नागरिकलाई हतियार दिइने पनि बताएका छन् । साथै, विहिवार विहान देखि रुसको आक्रमणमा परि ४० जना युक्रेनी सैनिकको ज्यान गएको छ । यता, युक्रेनको सशस्त्र फौजले पाँच रुसी विमान खसालिदिएको बताइएको छ ।

तर, दुवै देश बाट आफ्नै प्रतिक्रीया हरु सार्वजनीक भै रहेका छन् । ति कुनै कुराको पुस्टी हुने आधार भने प्रस्तुत गरिएको छैन । विश्वयुद्धको आंकलनका विच विश्व समुदाय सँग युक्रेनले हारगुहार गरिरहेको छ । युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले ट्विट गर्दै विश्वले तत्काल कदम चाल्नुपर्ने बताएका छन् । युरोप र विश्वको भविष्य जोखिममा रहेको भन्दै उनले युक्रेनलाई हतियार, वित्तीय र मानवीय सहायता उपलब्ध गराउन हात फिजाएका छन ।

यता, युद्ध सूरु हुनुपुर्व नै युक्रेनलाई हतियार र सेना सहयोग गरिरहेको अमेरिकाको चेतावनीले पनि विश्वयुद्धको छनक देखाएको विश्लेषण गरिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिदै विश्वले रुसलाई जवाफदेही बनाउने बताएका छन् । बाइडेनले यसलाई ‘रुसी सैन्य बलद्वारा गरिएको अकारण र अनुचित आक्रमण’ भनेका छन् । पूरा विश्वको प्रार्थना युक्रेनका जनताको पक्षमा रहेको उनको भनाइ छ ।

याता विश्व युद्धको छनक देखिने वित्तीकै अन्तर्राष्ट्रिय बजारमा शेयर मार्केटमा नराम्रो सँग गिरावट हाएको छ भने तेलको मुल्य प्रति व्यारेल १०० डलर पुग्दै नयाँ रेकर्ड कायम भएको छ । त्यस्तै, सुनको मुल्यमा पनि उच्च वृद्धी देखिएको छ । जसको प्रभाव नेपालमा पनि प्रत्यक्ष पर्ने नै छ । कतिले यो युद्धलाई रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको सनक मान्छन् भने कतिले यसलाई विश्वयुद्धतर्फ बढ्ने प्रयासको रुपमा हेरिरहेका छन् । रुस र युक्रनकाबीचको तनावले विश्वभरीका विदेश मन्त्रालयमा अशान्ति पैदा भएको छ ।

सन् १८१२ मा नेपोलियनको आक्रमणको समयदेखि नै युक्रेनका इलाकाले रुसका लागि एक बफर जोनको रुपमा काम गर्दै आएको छ । युक्रेन रुसको पश्चिमी सीमामा छ । जब रुसमाथि दोस्रो विश्व युद्धको समयमा पश्चिमबाट हमला भएको थियो त्यतिबेला यो युक्रेनकै क्षेत्र थियो । त्यहिँबाट उसले आफ्नो रक्षा गरेको थियो ।

युक्रेन त्यो सुरक्षा क्षेत्र हो, जसलाई रुस जुनसुकै हालतमा प्राप्त गर्न चाहन्छ । किनकी यसले रुसलाई बचाएको थियो । रुस युक्रेनलाई कुनै छुट्टै देशको रुपमा हेर्दैन । साथै उसले युक्रेनलाई आफ्नो मुटु पनि मान्छ । युक्रेनको विषयमा यो रुसको एउटा निकै शक्तिशाली धारणा हो जुन उसको मूल पहिचानमा निहित छ ।

युक्रेनको मुद्दामा रुसी राष्ट्रपति पुटिनको निजी भावना पनि जोडिएको छ । पुुटिनले युक्रेनमा कयौँ पटक रुसको पक्षमा रहने नेतालाई सत्तामा ल्याउने कोसिस गरेका थिए । तर उनी असफल भए ।
अमेरिका लगायत पश्चीमा राष्ट्र एकातीर र अर्कोतिर चिन सहित रुस एकातिर भएको प्रस्ट खुलीसकेको छ । जसका कारण विश्व समुदायले भयानक युद्ध सुरुहुने आंकलन गरेका छन् ।।