समाचार

रुस र युक्रेनको तनावलाई रोक्न शान्ति समाजको प्रदर्शन


काठमाडौँ – रुस र युक्रेनबीच भइरहेको तनावलाई रोक्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ । आज मानव अधिकार तथा शान्ति समाजले रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्न माग गर्दै नेपालस्थित रुसी राजदुतावास अगाडि प्रदर्शन गरेको हो ।

प्रदर्शनपछि मानव अधिकार तथा शान्ति समाजको तर्फबाट रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई लेखिएको पत्र राजदूतावासका अधिकारीहरुलाई बुझाइएको छ । पछिल्लो समयमा युक्रेनमा रुसले आक्रमण गर्नसक्ने भन्दै त्यसको विश्वव्यापी बिरोध भइरहेको छ । अमेरिका, बेलायतलगायतका पश्चिमा देशहरुले रुसले युक्रेनमा हमला गर्न लागेको भन्दै त्यहाँबाट आफ्ना नागरिक फिर्ता बोलाएका छन् ।

विद्रोहीको नियन्त्रणमा रहेको युक्रेनका दुई क्षेत्रलाई रुसले स्वतन्त्र भएको मान्यता दिएपछि अमेरिकासहितका पश्चिमा देशहरुले रुसको भूमिकाप्रति आपत्ति जनाउँदै आएका छन् ।