कोरोना विशेष

देशभर थप ४७६ जनामा कोरोना पुष्टि, तीनको मृत्‍यु


काठमाडौँ — पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा २९९ जना र २ हजार ८२० एन्टीजेन परीक्षण गर्दा १७७ जना गरी कुल ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्‍यु भएको छ ।

हाल देशभरमा १० हजार ७४७ सक्रिय संक्रमित छन् भने ८३१ जना संक्रमणमुक्त भएका छन् ।