काठमाडौँ – आयल निगमले १८ माघमा प्रतिलिटर तीन रुपैयाँले बढाउँदा इतिहासकै महँगो बनेको पेट्रोलको मूल्यले फेरि रेकर्ड तोडेको छ । निगमले गए रातिदेखि लागू हुने गरी तीन रुपैयाँका दरले बढाएर पेट्रोलको मूल्य प्रतिलिटर एक सय ४५ पु¥याएको छ ।
डिजेल र मट्टीतेलको मूल्य पनि तीन–तीन रुपैयाँकै दरले बढेर प्रतिलिटर एक सय २८ रुपैयाँ कायम भएको छ । निगमले हवाई इन्धन र ग्यासको मूल्य भने यथावत् राखेको छ ।
आयल निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर खरिद मूल्य पनि बढेका कारण नेपाली बजारमा मूल्यवृद्धि गर्नुपरेको बताएको छ । मूल्यवृद्धिपछि पनि निगमलाई आगामी १५ दिनमा दुई अर्ब १५ करोड रुपैयाँ नोक्सान हुने निगमले बताएको छ ।


प्रतिक्रिया