राजनीति

आजको बैठकमा एमसीसी टुबल नगर्ने सहमति


काठमाडौँ – आज केही समयअघि बालुवाटारमा भएको सत्ता गठबन्धनका शीर्ष नेताबीच भएको छलफलले आज बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल नगर्ने निर्णय गरेको छ ।

आज १ प्रतिनिधि सभाको बैठक बस्नुअघि बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसीलाई आजको संसद्मा टेबल नगर्ने सहमति भएको हो । प्रधानमन्त्री देउवाले आज नै टेबल गर्नु पर्ने भने पनि अन्य एकीकृत समाजवादी लगायतका दलले ८ गतेसम्म कुर्नका आग्रह गरेपछि देउवाले सहमति जनाएका थिए ।

बालुवाटारको छलफलपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आठ गते अर्को बैठक बस्ने सहमति भएको जानकारी दिए । उनले भने, ‘अर्को बैठक फागुन ८ गते बस्ने सल्लाह भयो । प्रधानमन्त्रीले आजै एमसीसी टेबल गर्नुपर्छ भन्नुभयो तर हामीले आठ गतेसम्म कुर्न आग्रह गर्यौ । त्यसमा उहाँ सहमत हुनुभयो ।’