विदेश

ब्राजिलमा बाढी–पहिरोले कम्तीमा ९४ जनाको मृत्यु


काठमाडौँ – दक्षिण अमेरिकी मुलुक ब्राजिलमा भारी वर्षका कारण आएको लेदोसहितको पहिरो र डुबानका कारण कम्तीमा ९४ जनाको मृत्यु भएको छ । रियो द जेनेरियोबाट माथि पहाडी क्षेत्रमा अवस्थित इम्पेरियल सिटी भनिने पेट्रोपोलिस सहरमा भारी वर्षा भएपछि पहिरो र डुबान भएको छ ।

अरू बेला फेब्रुअरी महिनाभरि पर्ने औसत पानी एकैदिन परेपछि पहिरो आएको र डुबान भएको बताइएको छ। बाढी–पहिरोमा परी केही घरहरू भत्किएका छन् भने सडकमा भएका सवारी साधन बगेर गएका छन् । मानिसहरूले विद्यालयमा आश्रय लिइरहेका छन् । मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

रूस भ्रमणमा रहेका ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले सामाजिक सञ्जालमार्फत् आफूले पेट्रोपोलिसका पीडितलाई राहत दिन भनेको बताएका छन् ।