काठमाडौँ – राजधानीको बालाजुमा मिनिबसले दुई जना पैदल यात्रुलाई ठक्कर दिएर फरार भएको छ । फरार भएको मिनिबसको ठक्करबाट दुवै पैदल यात्रुको मृत्यु भएको छ ।
मृत्यु हुने एक महिला र एक युवक रहेका छन् । दुई जनामध्ये युवकको उमेरसहित नाम पनि खुलेको छ भने महिलाको भने उमेर मात्र खुल्न आएको छ । स्थायी घर रसुवा भएका १८ वर्षीय विकाश तामाङ र नाम नखुलेकी ५० वर्षीय महिलालाई आज बिहान ५:५५ मा बालाजुस्थित गंगा हल अगाडी बाटो काट्न लाग्दा मिनिसबसले ठक्कर दिएर फारर भएको थियो ।
ठक्कर दिने उक्त बसको नम्वर अहिलेसम्म पत्ता लाग्न सकेको छैन । घटनाबारे महानगरीय प्रहरी वृत बालाजुका डिएसपी गौतम मिश्र सहितको टिमले अनुसन्धानमा खटिएका छन् ।


प्रतिक्रिया