कोरोना विशेष

२४ घण्टामा ६८० जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्‍यु


काठमाडौँ — पछिल्लो २४ घण्टामा थप ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ९५ नमुना परीक्षण गरिएको थियो । ४ हजार २५६ जनानाको पीसीआर परीक्षण गर्दा ४९८ र दुई हजार ८३९ जनाको एन्टीजेन परीक्षण गर्दा १८२ गरी ६८० जनामा संक्रमण पुष्टि भएको छ । सोहि अवधिमा २ जनाको मृत्यु भएको छ ।