समाचार

अख्तियारको प्रवक्तामा सहसचिव भण्डारी


काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव श्याम प्रसाद भण्डारीले पाएका छन् ।

भण्डारीलाई मंगलबारदेखि नै प्रवक्ताको जिम्मेवारी तोकिएको आयोगले जनाएको छ ।

साथै, प्रवक्ता भण्डारीसँग टेलिफोन नं. ९७७–१–५२६२२३०, मोबाइल नं.९८५१२३३२८१ र फ्याक्स नं ५२६२१०४ मा सम्पर्क गर्न सकिने आयोगले जनाएको छ ।