राजनीति

कोरोना नियन्त्रण प्रभावकारी बनाउन एमालेले प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षणपत्र

योहो संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कोरोना नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा आज शनिबार प्रधानमन्त्री शेरबहादुर देउवलाई विभिन्न सुझाव दिँदै ध्यानाकर्षण पत्र बुझाएको छ ।

पत्र बुझाउन एमाले उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा योगेश भट्टराई , खगराज अधिकारी , कृष्णगोपाल श्रेष्ठ, विशाल भट्टराई कृष्ण राई, सरिता न्यौपाने सहभागी प्रतिनिधिमण्डल शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको थियो ।

एमालेले प्रधानमन्त्री देउवालाई बुझाएको ध्यानाकर्षणपत्रको पूर्णपाठ यस्तो छ :

सम्माननीय प्रधानमन्त्रीज्यू, 
प्रधानमन्त्रीको कार्यालय, 
सिंहदरबार काठमाडौं। 

विषयः कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा ध्यानाकर्षण गरिएकोबारे।

विश्वमा विभिन्न कालखण्डमा वकराल सरुवा रोगले मानव समाजलाई प्रभावित पारेका इतिहास रहिआएको छ। त्यसको पछिल्लो परिघटना सन् २०१९ डिसेम्बरमा चीनको उहान प्रान्तबाट सुरु भएको कोभिड–१९ हाल विश्वभर महामारीका रुपमा फैलिरहेको छ। यसले यो शताब्दीकै उच्च महामारीको रुप लिई जनस्वास्थ्यमा गम्भीर असर परिरहेको छ।

हाल विश्वमा कोभिड–१९ ले झन्डै ३१.५ करोड मानिसहरू संक्रमित भइसकेको, २६.२ करोड मानिसहरू रोगबाट निको भइसकेको, ४७ लाख मानिसहरू अझै संक्रमिक अवस्थामा रहेको, ५५.२ लाख मानिसहरूले मृत्युवरण गरिसकेको र रोगीहरूमध्ये पनि अझै ९६ हजार मानिसहरू जीवनमरणको दोसाँधमा बाँचिरहेका तथ्यांक छ।

नेपाल पनि यस महामारीबाट अछुतो रहन सकेन। नेपालमा सन् २०२० अप्रिलमा पहिलोपटक कोभिड–१९ का संक्रमितको प्रवेश भयो। अन्य देशमा जस्तै यहाँ पनि दुई लहर आइसकेको र तेस्रो लहर सुरु भएको छ। नेपालमा हालसम्म नौ लाख चालीस हजार ५ सय ५२ व्यक्ति संक्रमित भइसकेका, आठ लाख पन्ध्र हजार ३ सय ४७ (९६.९%) निको भएका र ११ हजार ६ सय १० (१.४%) ले मृत्युवरण गरिसकेको अवस्था छ। (स्रोत : सीसीएमसी २०७८ पुस २९)

यस सन्दर्भमा हामी, हाम्रो पार्टी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि गरेका कामहरूलाई बुँदागत रुपमा स्मरण गराउन चाहन्छौं।

१. ​रोकथाम, नियन्त्रण र उपचारलगायतका लागि स्टान्डर्ड गाइडलाइन तयार गरी लागू गरिएको।

२. ​देशमा प्रयोगशालाको उपलब्धता नरहेको अवस्थाबाट रोगको पहिचानको लागि ८२ वटा पी.सी.आर. ल्याबको स्थापना गरी जाँचको दायरा फराकिलो बनाएको।

३. ​उपचारको लागि समर्पित हस्पिटलको व्यवस्था मिलाएको। सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित अस्पताल र मेडिकल कलेजका बीचमा समन्वयात्मक ढंगले काम गरेको।

४. ​व्यापक रुपमा कन्टयाक ट्रेसिङको व्यवस्था मिलाएको।

५. ​सीसीएमसीको गठन गरी राज्यका सम्पूर्ण निकाय र तहका बीचमा एकीकृत र समन्वयात्मक ढंगले काम गरेको।

६. ​कोभिड–१९ बाट संक्रमितको उपचारका लागि बिमा व्यवस्था गरेको।

७. ​अस्पतालहरूमा उपचारको लागि आवश्यक भौतिक पूर्वाधार, अक्सिजन, आईसीयू बेड र भेन्टीलेटरजस्ता उपकरणको व्यवस्था र त्यसका लागि पर्याप्त बजेट विनियोजन गरिएको।

८. ​आवश्यकताअनुसारको बजेटको व्यवस्थापन गरेको।

७. ​सबै तहका सरकारबीच समन्वय गरी सहकार्य तथा परिचालन गरेको र विशेषगरी स्थानीय तहलाई प्रभावकारी रुपमा परिचालन गरिएको।

८. ​सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग र मित्र राष्ट्रहरूसँग कूटनीतिक पहलमार्फत औषधी, उपकरण र खोपको आपूर्ति व्यवस्था गरिएको।

९. ​अत्यन्त कठिन अवस्थामा पनि दक्षिण एसियामा भारतपछि पहिलो मुलुकको रुपमा खोपको सुरुवात गरी निरन्तरताको लागि सुनिश्चिताताको व्यवस्था मिलाएको।

१०. ​खोप भण्डारणको व्यवस्था नभएकोले सोसम्बन्धी कार्य प्रारम्भ भएको।

११. ​जनशक्ति व्यवस्थापन, उत्पादन तथा प्रेरणा जागृत गर्नुका साथै प्रोत्साहन भत्ताको व्यवस्था गरिएको।

१२. ​अनुगमन र मूल्�