देश

गगनमाथि चौतर्फी घेराबन्दी, बालेनले घाइते पारे, देउवाको इन्ट्री, कांग्रेस खोसिए सकिन्छ राजनीति (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट शक्तिशाली बनेर नेतृत्वमा आएका गगनकुमार थापा पछिल्ला दिनमा भने चौतर्फी घेराबन्दीमा परेका छन् । देउवा पक्षसँगको लामो विवाद, नेतृत्व हस्तान्तरणको माग र नियमित महाधिवेशनको समयलाई लिएर भएको टकराव अन्ततः पार्टी विभाजनको अवस्थामा पुगेपछि विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो । पार्टीमा विद्रोह गरेर सभापति बनेको सात महिनासम्म पनि गगनले पार्टीको आन्तरिक मात्र नभई बाह्य चुनौतीको समेत सामना गरिरहनु परेको छ । त्यसमाथि करिब साढे पाँच महिनासम्म राजनीतिमा निष्क्रिय रहेका पूर्वसभापति शेरबहादुर देउवाको पुनरागमनले पार्टीभित्रको शक्ति संघर्ष थप पेचिलो बन्ने संकेत मिल्दा थापामाथि बढेको घेराबन्दी कस्तो छ त ?