राजनीति

सत्ता गठबन्धनका शीर्ष नेताबीच प्रधानमन्त्री निवासमा भेटवार्ता जारी

योहो संवाददाता

काठमाडौँ – सत्ता गठबन्धनमा रहेका प्रमुख दलका शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) बिहान भेटवार्ता भएको छ।  

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताबीच भेटवार्ता भएको हो।