काठमाडौँ — नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि नेता लेखनाथ न्यौपानेले फरक मत राखेका छन् । बन्दसत्रमा समूहगत छलफलका क्रममा उनले प्रचण्डको ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ अपूर्ण रहेको भन्दै १० बुँदे फरक मत राखेका हुन् ।
प्रचण्डको प्रतिवेदनमा न्यौपानेको १० बुँदे फरकमतको पूर्णपाठ
१. महाधिवेशनको अर्थ, मुल्य र गुरुत्व जुन हुन्छ त्योअनुसार विषय र नीतिको कोणबाट यो प्रतिवेदन, प्रतिवेदनको समग्र तहमा संगठित छैन । विचार, दृष्टिकोण र दिशामा सातौं महाधिवेशनको प्रतिवेदनभन्दा पछाडि फर्किएको यो प्रतिवेदनले आजका भित्री र बाहिरी समस्याहरुको हल दिन सक्दैन । कि अध्यक्ष कमरेडले लेख्नुभएको हुनाले जस्तो भए पनि प्रतिवेदनकै स्तरमा आएको छ भन्नुपर्यो कि त सम्मेलनको तयारीको अन्तिम क्षणमा महाधिवेशन भन्ने निर्णयको परिणाम भन्नुपर्यो । नत्र यो प्रतिवेदनले महाधिवेशनको गरिमा र ओझ बोक्दैन।
२. यो प्रतिवेदन माथिमाथि उडान गरेको तर जमिनमा खुट्टा टेकेको छैन । जमिनमा खुट्टा टेकाउनको लागि नेपाली समाजको आजको चरित्र अथवा अन्तरविरोधहरू, वर्गहरुवीचको सम्बन्ध र संघर्ष, उत्पादन प्रणाली, उत्पादनका साधनमाथिको स्वामित्व र वितरण प्रणालीबारे अनिवार्य विश्लेषण हुनुपर्छ । त्यसैगरी तीव्र रुपमा भइरहेको आन्तरिक बसाइसराइ र यसले उत्पादन र राजनीतिक आन्दोलनमा पारेको दोहोरो नकारात्मक प्रभाव, विश्व श्रम बजारमा जाने नेपाली जनशक्ति र यसले पैसासँगै राजनीतिक धारणा एवं मतदानमा परिरहेको प्रभाव, विदेश पढ्न जाने विद्यार्थीहरुको बढ्दो संख्या र राम्रो जीवनको खोजीमा विश्वका विभिन्न देशमा जाने नेपाली युवाहरुको एक मात्र लक्ष्य, देशभित्र रहेका किसान, श्रमिक, अति गरिबीको रेखामुनि ९२३ प्रतिशत० र गरिबीको रेखामुनि (५.६ प्रतिशत) एवं हामीले भन्ने गरेको सर्वहारा वर्गको आकार र अवस्था आदिबारे खोज, अध्ययन र निष्कर्ष बिना न प्रतिवेदन जमिनमा टेकेको हुन्छ न त प्रतिवेदनको शीर्षक ’समाजवादको नेपाली बाटो’ लाई सही सिद्ध गर्न सकिन्छ।
३. यो प्रतिवेदनले वाम बाटो समातेको छैन । दक्षिणपन्थी संशोधनवादी दिशा सोभिएको प्रतिवेदन माओवादी कम्युनिस्ट पार्टीको महाधिवेशनको प्रतिवेदन कसरी हुन्छ । पहिलो, शान्तिपूर्ण प्रतिस्पर्धाबाट आजसम्म दुनियाँमा न कतै समाजवाद आएको थियो, न आउने सम्भावना नै छ । उहिल्यै १९५६ मा बदनाम भएको खुश्चोवी लाइन अनुसार जनवादी कान्तिका बांकी कार्यभार पुरा गर्दै समाजवादको आधार निर्माण भन्ने विषय गम्भीर सैद्धान्तिक विचलन हो । तत्काल वा कार्यनीतिक रुपमा शान्तिपूर्ण प्रतिस्पर्धालाई अबलम्बन गर्ने हदसम्म ठिक मान्न सकिन्छ तर शान्तिपूर्ण प्रतिस्पर्धाबाट नै वैज्ञाजिक समाजवादको आधार निर्माण गर्ने धारणा दक्षिणपन्य नै हुन आउँछ ।
दोस्रो, मार्क्सवादको रक्षा सिर्जनात्मक प्रयोग र थप विकास गर्ने उद्देश्यबाट चिप्लिएर प्रतिवेदनको धेरै ठाउँमा ’प्रयोग र परिमार्जन’ भनिनु मार्क्सवाद विस्तारै छोड्दै जाने दक्षिणपन्थ हो । तेस्रो, कार्यशैली र संस्कृतिमा हामी जे भन्छौं त्यो गर्दैनौ र जे गछौ त्यो भन्न सक्दैनौ । यो कार्यशैली संस्कृतिमा देखिने अर्को दक्षिणपन्थ हो । २०४८ मंसिरमा सम्पन्न नेकपा (एकता केन्द्र) को एकता महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनको नेपाली कम्युनिस्ट आन्दोलनका आधारभूत समस्याहरु उपशीर्षकको ४ नं.बुंदा हेर्दा प्रमाणित हुन्छ । त्यहाँ भनिएको छ “भनाइ र गराइमा एकरुपताको अभाव तथा सिङ्गो कम्युनिस्ट आन्दोलनकै सास्कृतिक र नैतिक मूल्यमान्यताको नितान्त दयनीय अवस्थाको रोगका कारणले हामी ग्रसित छौं । हामीले जतिसुकै क्रान्तिकारी कुरा गरे पनि यदि त्यो हाम्रो दैनिक व्यवहार र आचरणसंग गाँसिएको छैन भने त्यो सिर्फ लफ्फाजी मात्र हुन जान्छ ।
नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि काम गरेर पनि नेतृत्वना कम्युनिस्ट नैतिकता र आचरणको चिन्ताजनक हदसम्म अभाव पाइन्छ । सामान्यतः कार्यकर्ता र जनतामा नयाँ संस्कृति, नैतिक मूल्यमान्यता नेतृत्वबाट नै प्रसारित हुने कुरा हो । तर हाम्रो आन्दोलनको नेतृत्वको जीवनशैली, व्यक्तिगत आचरण र दिनचर्या सामन्ती र वुर्जवाहरुको भन्दा खासै फरक पाइदैन । अझ कतिपय अर्थमा त त्यो जस्तो कि भन्ने गरिन्छ ’बुजवा मानवतावादी’ को भन्दा पनि तल रहने गरेको छ । बोलीको ठेगाना नहुने, निम्न स्तरको झुटो बोल्ने, आर्थिक हिनामिना गर्ने, भष्ट यौन आचरण प्रदर्शन गर्ने, आफ्ना निम्ति विशेष सुविधाको माग गर्ने, संगठनमा जालझेल र षड्यन्त्र गरेर नेता बनिरहने, तानाशाही र उदारवादी बन्ने, संगठनलाई आफ्नो व्यक्तिगत पेवा वा सम्पत्ति सम्झने, बाहिर सर्वहारा आदर्शको कुरा गर्ने, भित्र लुकिछिपी जस्तोसुकै भ्रष्ट काम पनि गर्न पछि नपर्ने जस्ता नितान्त सामन्ती र बुर्जुवा नैतिकता हाम्रो आन्दोलनको नेतृत्वना छरपस्टै देखापर्ने गरेका छन ।
जबसम्म आन्दोलनको नेतृत्व यस किसिमका घातक र व्यक्तिवादी प्रवृत्तिबाट मुक्त हुँदैन, तबसम्म जनताको क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्ने र समाजलाई बदल्ने भन्ने कुरा ढाट कुरा र ’दिन काट्ने र काल पर्खने’ काम सिबाय केही हुँदैन । गतकालमा पार्टीमा अनावश्यक टुटफुट पाने, गुटबन्दी र पड्यन्त्र गर्ने कामको मूलमा नेतृत्वको सामन्ती र बवा चिन्तनपद्धति र कार्यशैली प्रमुख रुपमा जिम्मेवार रहने गरेका छन् । पार्टीले यो प्रश्नलाई पूर्ण गम्भीरताकासाथ लिएर समाधानका उपायहरुको खोजी गर्ने पर्दछ । अन्यथा ’घुमिफिरी रुम्जाटार भने हामी पनि संशोधनवादकै खाडलमा जाकिने कुरामा शंका रहन्न ।“ पार्टी सानो हुँदा, सत्तामा नहुदा एवं स्रोत र साधनमा कमजोर हुँदाका समस्या त त्यति डरलाग्दा थिए भने आज ति तिनै चीजमा जबेको बेला समास्या हजार गुणा नकार रुपमा बढेका छन् । जिम्मा क–कसले लिने हो ?
४ .बनिबनाउ बुर्जुवा राज्यसत्ता अन्तर्गत हामी सरकारमा गएर समाजवादको आधार निर्माण गर्ने तरिका मौलिक होइन बरु मार्क्सवाद विरोधी हो । पहिलो, हामै अनुभव छ कि जनयुद्धबाट आएर पहिलो चुनावमै त्यत्रो तागतसहित हामै नेतृत्वमा सरकार बन्दा समेत जाबो एउटा सेनापति र पशुपतिको भट फेर्न सकेनौ । दोस्रो, चुनावबाट अएको भेनेजुयला�


प्रतिक्रिया