राजनीति

ओली हारे पनि कुर्सी छोड्दैनन्, यसरी टिकिरहन्छन् प्रधानमन्त्रीमा (भिडियोसहित)

????????? ???????????? ??????????????? ?????????????????? ??????????????????????????? ?????????????????? ?????????????????? ????????? ???, ???????????? ??????????????? ???????????????????????????????????? ????????????????????? ??????????????????????????????????????? ??????????????????????????? ??????????????????????????? ???????????? ?????? ?????? ??? ?????????????????? ???

योहो संवाददाता

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिनका लागि आज प्रतिनिधिसभाको बैठक बस्दैछ । तर समय घर्किदै जाँदा ओली विफल हुने पक्कापक्की भइसकेको छ । यदी नयाँ सरकार बन्नाउनु पर्दा कस्तो छ त संवैधानिक प्रक्रिया ?
आज बस्ने प्रतिनिधिसभाको बैठकले सम्भवत आगामी राजनीतिक नयाँ कोर्षको मार्ग तय हुनेछ । अहिलेसम्मको राजनीतिक गठजोड हेर्दा ओली स्पष्ट अल्पमतमा परिसकेका छन् । विपक्षीले अविश्वासको प्रस्ताव दर्ता गरेको नभई ओली स्वयमले विश्वासको मत मागेको परिस्थीति हो । तथापी उनको पक्षमा एमालेभित्र पनि माधव पक्ष बाहेकको करिव ८६ मत मात्रै प्राप्त गर्ने अवस्था छ । यदी ओलीले प्रधानमन्त्रीको पद गुमाए नयाँ सरकार कसरी बन्छ त ? यदि विश्वासको मत प्राप्त नभएमा प्रधानमन्त्री ओलीले अर्को सरकार बनाउन बाटो प्रशस्त गर्नुपर्ने हुन्छ । विश्वासको मत फेल भयो भने त्यो सरकार स्वतः धारा ७७ को ३ बमोजिम कामचलाउ सरकारमा परिणत हुन्छ । त्यसपछि कामचलाउ सरकारको कार्यकारीणी अधिकार सम्पूर्ण रुपमा विच्छेद हुन्छ । त्यसपछि कार्यकारीणी अधिकारयुक्त सरकार बनाउनका लागि सरकारले राजीनामा गरेर बाटो प्रशस्त गर्नुपर्ने संविधानविद्हरुको व्याख्या छ ।

त्यसपछि राष्ट्रपतिबाट संयुक्त सरकार बनाउन आव्हान गर्नुपर्ने हुन्छ । संविधानको धारा ७६ को २ बमोजिम नै सरकार बनाउनका लागि आव्हान गर्नुपर्छ । जसले प्रतिनिधिसभामा निलम्बन र रिक्त रहेको अवस्था बाहेकको अवस्थाको जति संख्यामा बहुमत पुग्छ, आजको दिनसम्म १ सय ३६ मत जसले ल्याउन सक्छ त्यसले दुई वा दुई भन्दा बढी दलको समर्थनमा संयुक्त सरकार बन्छ । त्यो संयुक्त सरकार बनिसकेपछि फेरि पनि त्यो सरकारले धारा ७६ को ४ बमोजिम विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । यो संवैधानिक दायित्व पनि हो । हालको दलहरुको झमेला हेर्दा संयुक्त सरकार बन्ने संभावना छैन । हालसम्म विपक्षी दलहरुको तयारी हेर्दा संविधानको तेस्रो विकल्पमा सरकार बन्ने हो । त्यसोत बहुमतको सरकार बनाउनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी दलहरु मैदानमा उत्रिएका छन् । यद्यपी अल्पमतमै परे पनि ओली कामचलाउ प्रधानमन्त्री भएर बस्ने तर नयाँ सरकार गठनका लागि मार्गप्रसस्त नगर्ने मनस्थीतिमा देखिन्छन् ।

ओली बाधक नभएको खण्डमा संविधानमा अर्काे विकल्प पनि छ, त्यो भनेको प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री बनिसकेपछि संविधानको धारा ७६ को ४ बमोजिम । उसले पनि विश्वासको मत ३० दिन भित्र लिनुपर्ने संवैधानिक बाध्यता छ । ३० दिन भित्र विश्वासको मत लिन सकेन भने त्यो प्रधानमन्त्रीले पनि फेरि ताजा जनादेशका लागि निर्वाचन घोषणा गर्दै, आफुले राजीनामा गर्दै, प्रतिनिधिसभा विघटन गरि अघि बढ्नुपर्ने हुन्छ । त्यसो त सोमबार प्रतिनिसिभाको बैठक सननिकट आइसक्दा दलहरुको दौडधुप र रणनीतिहरु थप पेचिलो बन्दै गएको छ ।