काठमाडौं– ३० वर्षे ठिटोले राज्यका मुख्य अङ्गहरूदेखि महत्त्वपूर्ण निकायसम्म बलियो पहुँचको बलमा गरेका आपराधिक गतिविधिहरूले सार्वजनिक वृत्तमा दिनप्रतिदिन तरङ्ग उत्पन्न गरिरहेका छन् । प्रधानमन्त्री कार्यालयदेखि न्यायालय, प्रहरी हेडक्वार्टर र उद्योगीहरूसम्म बलियो पहुँच बनाएर बिचौलियाको भूमिका निभाएको आरोपमा पक्राउ परेका इनम सापकोटाको चर्चा कुनै सेलिब्रेटीको भन्दा कम छैन । त्यसमाथि राज्यलाई नै अचम्मित पार्ने उनका आपराधिक गतिविधिहरूको शृङ्खला कुनै थ्रिलर फिल्मभन्दा कम छैन । देशका शीर्ष नेताहरूदेखि उच्च तहका व्यक्तिसम्म उनको आपराधिक कर्ममा सामेल भएका नयाँ–नयाँ तथ्यहरू बाहिरिँदै छन् । जहाँ यिनै ३० वर्षे सापकोटाको सेटिङको साम्राज्यमा न्यायाधीशहरू नै जोडिएको विषयले देशको न्यायालय नै बदनाम बन्यो । पूर्वप्रधानन्यायाधीशदेखि बहालवाला प्रधानन्यायाधीश र न्यायाधीश नै मुद्दाको सेटिङजस्तो आपराधिक गतिविधिमा संलग्न भएका तथ्यहरू सार्वजनिक भए । सर्वोच्च अदालतका न्यायाधीशहरू लर्को लागेर बिचौलियालाई भेट्न गएको र मुद्दा किनबेच गरेको आरोपसमेत लाग्यो । शृङ्खलाबद्ध रूपमा सार्वजनिक भएका यस्ता तथ्यहरूले न्यायपालिकाको स्वतन्त्रता र न्यायमूर्तिहरूको निष्पक्षतामाथि गम्भीर प्रश्नहरू खडा गरे । लगत्तै प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच विवादित न्यायाधीशहरूमाथि महाभियोग लगाउने गरी छलफल भयो ।
Breaking


प्रतिक्रिया