देश

आज विश्व बसोबास दिवस


काठमाडौँ – विश्व बसोबास दिवस आज विभिन्न कार्यक्रमसाथ मनाइँदै छ । सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्दै दिगो सहरी विकास प्रवद्र्धन गर्ने उद्देश्यले विश्वको ध्यानाकर्षण गर्न दिवस मनाउन सुरु गरिएको हो ।

सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबार संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रमको आह्वानमा दिवस मनाउन सुरु गरिएको हो । नेपालमा सन् २००१ देखि सरकारी एवं गैरसरकारी क्षेत्रबाट दिवस मनाउन सुरु गरिएको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । ‘तीव्र सहरी क्रियाकलापको लक्ष्य ः कार्बनरहित विश्व’ नाराका साथ यस वर्षको विश्व बसोबास दिवस मनाइँदै छ ।