राजनीति

ओलीका अघि प्रचण्ड–देउवा यसकारण कमजोर, कसरी हटाउने भन्नेमै कुरा मिलेन, माधव जता उतै जीत (भिडियोसहित)

?????????????????? ??????????????? ?????????????????????????????? ?????????????????????????????? ??????????????????????????? ?????????????????? ????????????????????? ????????????????????? ?????????????????? ??? ????????? ???????????????????????? ????????? ????????????????????? ????????????????????? ???

योहो संवाददाता

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेसँगै विपक्षीहरु थप अलमलमा परेका छन् । ओलीलाई विश्वास मत नदिने विषयमा सहमति भएपनि अविश्वासको प्रस्ताव ल्याउन बहुमत संख्या जुटेको छैन । जसले प्रधानमन्त्री ओलीले नै अल्पमतको सरकार चलाउने सम्भावना बलियो हुँदै गएको छ ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चा बनाएका विपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई समुहले अविश्वासको प्रस्ताव ल्याउने घनिभूत छलफल चलाईरहेका बेला ओलीले विश्वासको मत माग्ने निर्णय गरे । यसले विपक्षीको गठबन्धनलाई एक हिसाबले ‘कुचोले बढार्नुपर्ने फोहोर हावा आएर उडाउन थाल्यो’ भने जस्तै पनि भयो । किनकि अब ओलीलाई विश्वासको मत नदिएर हराउन सकिन्छ । तर अल्पमतमा परेको सरकारलाई हटाउन भने सकिने छैन । ओलीको हातबाट जसरी पनि सत्ताको तालाचाँबी खोस्न अघि बढेका दलहरुले सरकारको विकल्प दिन भने अविश्वासको प्रस्ताव नै ल्याउनुपर्ने देखिन्छ । तर संसदको विशेष अधिवेशनमार्फत विश्वासको मत लिने दिन नजिकिसक्दा पनि विपक्षमा उभिएका दलहरू अलमलमै छन् । बरु एमालेकै माधव पक्षको साथ खोजिरहेका छन् ।

ओलीले संसदमा विश्वासको मत पु¥याउन नसकेमा अल्पमतकै सरकारको नेतृत्व गर्नसक्ने सभावना बलियो छ । विपक्षीहरुको गठबन्धन पनि हुन नदिने र अल्पमतकै सरकार चलाएर चुनावमा जाने ओलीको सम्भावित कदमले विपक्षीहरु सशंकित छन् । तर ओलीलाई हटाउन ठोस एजेन्डाका साथ अघि बढेका छैनन् । विपक्षी गठबन्धनलाई अविश्वासको प्रस्ताव पास गराउन दुईधारमा विभाजित जसपाको पुरै संख्याले साथ दिनुपर्नेछ । नभए एमालेकै माधव पक्षले राजीनामा अथवा फ्लोर क्रस गर्नुपर्नेछ । जुन सम्भावना बलियो छ । किनकि राष्ट्रियसभाको उपनिर्वाचनका लागि कांग्रेस, माओवादी र जसपाको एक समुहसहित माधव पक्ष पनि गठबन्धनमा सामेल छ । तर एमालेजस्तै दुईधारमा विभाजित जसपाको महन्थ ठाकुर पक्ष विपक्षीभन्दा ओलीकै मोर्चामा क्रियाशिल छ । यो पक्षले विश्वासको मत ओलीलाई दिनेदेखि सरकारसम्मकै यात्रा तय गरिरहेको छ ।

ओलीलाई हटाउन अविश्वासकै प्रस्तावमा जानुपर्ने पक्षमा माओवादी केन्द्र उभिएको छ भने कांग्रेस अझै दोधारमै देखिन्छ । जसपा अनिर्णित भइरहेको अवस्थामा अविश्वासको प्रस्ताव ल्याएर संख्या नपुगे अर्काे एक बर्षसम्म ल्याउन नपाईने डर र सरकार बन्ने अवस्था रहँदासम्म संसद् विघटनको सम्भावना नभएको भन्दै विश्वासकै मतमार्फत ओलीलाई हराउनुपर्ने कांग्रेसको मत छ । तर अल्पमतमा पर्ने थाहा हुँदाहुँदै नियमित अधिवेशन नबोलाएर विशेष अधिवेशनमार्फत विश्वासको मत लिन खोजिरहेका ओलीले सम्भावित कदमको आँकलन भने विपक्षीले गरेको देखिदैन ।