काठमाडौँ – चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुवानमा भूकम्प जाँदा अहिलेसम्म दुई जनाको मृत्यु भएको छ । त्यस्तै पाँच दर्जनभन्दा बढी मानिस घाइते भएका छन् ।
समाचार संस्था रोयटर्सकाअनुसार तिब्बतसँग जोडिएको प्रान्त सिचुवानमा स्थानीय समयअनुसार बिहीबार बिहान साढे ४ बजे ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।
भूकम्पले केही घरहरू भत्काएको छ। भूकम्पपछि सरकारले आपतकालीन उद्धार जारी राखेको छ । भूकम्पको धक्का ठुलै भएकोले मृतकको संख्या अझै बढ्न सक्ने चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।


प्रतिक्रिया