काठमाडौँ – अफगानिस्तानमा तालिबानी शासनको त्रासबीच नै पनि महिलाहरु राष्ट्रपति भवन अगाडि प्रदर्शनमा उत्रिएका छन् । सरकारमा महिलालाई पनि सामेल गराउन माग गर्दै विभिन्न पर्चा बोकेर उनीहरु प्रदर्शन उत्रिएका हुन् ।
तालिबानले कब्जा गरेसँगै त्यहाँका महिलाको अवस्थाबारे चिन्ता व्यक्त गरिरहेकै समयमा त्यहाँका केही महिलाले प्रदर्शन गर्ने आँट गरेका हुन् । पुरुषसरह महिलालाई पनि अधिकार हुनुपर्ने प्रदर्शनमा उत्रिएका महिलाहरुको माग रहेको छ ।


प्रतिक्रिया