मौसम

आज यी स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले देशको केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना साथै प्रदेश १‚ बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार शनिबार बिहान प्रदेश १ र सुदूरपश्चिमका विभिन्न स्थानमा पानी परिरहेको छ । अन्य प्रदेशको मौसम सफा रहेको छ । काठमाडौँ उपत्यकाको मौसम पनि सफा रहेको महाशाखाले जनाएको छ ।

शनिबार दिउँसो प्रदेश १‚ बागमती, गण्डकी र लुम्बिनी प्रदेशको मौसम पूर्ण बदली रही विभिन्न स्थानमा पानी पर्ने सम्भावना छ । प्रदेश १ र गण्डकीका केही स्थानमा भने मेघगर्जनसहित भीषण वर्षा हुने महाशाखाको पूर्वानुमान छ । राति काठमाडौँ उपत्यकाका केही स्थानमा पनि भीषण वर्षा हुने महाशाखाले जनाएको छ ।