काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई अनिवार्यबाहेकका आर्थिक कारोबार बन्द गर्न निर्देशन दिएको छ । प्रतिष्ठानका सबै पदाधिकारीहरु आर्थिक अनियमितिाका घटनामा संलग्न भएको पाइएपछि मन्त्रालयले पत्राचार गरेर अनिवार्य बाहेकका आर्थिक कारोबार बन्द गर्न प्रतिष्ठानलाई लिखित निर्देशन दिएको हो ।
बीपी प्रतिष्ठानका चिकित्सक र कर्मचारी चारै जना पदाधिकारीहरुलाई बर्खास्त गर्नुपर्ने माग राख्दै ८२ औं दिनदेखि आन्दोलनरत छन् । आन्दोलनकै कारण प्रतिष्ठानका रजिष्ट्रार डा. रेग्मीले प्रधानमन्त्री समक्ष राजीनामा दिएका छन् भने अन्य तीनजनाले राजिनामा दिएका छैनन् ।



प्रतिक्रिया