देश

दाङमा खोलाले गाडी बगाउँदा चारजनाको मृत्यु


काठमाडौँ – दाङमा खोलाले गाडी बगाउँदा चारजनाको मृत्यु भएको छ । घोराही–लमही सडक खण्डको घोराही उपमहानगरपालिका ४ सिस्ने खोलामा आएको बाढीले गाडी बगाउँदा ४ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १३ बस्ने ४० वर्षीया रिता माया पुन, सोही ठाउँकी ३२ वर्षीया सुशीला श्रेष्ठ, घोराही १४ की ३१ वर्षीया राधा कुँवर र सोही ठाउँकी ४२ वर्षीया विमला केसी रहेको प्रहरीले जनाएको छ । गाडी चालक घोराही १५ का ४० वर्षीया नरबहादुर पुनको खुट्टा भाँचिएको छ । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।