काठमाडौँ –नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताकोे तेस्रो दिन आज उच्च अंकको गिरावट आएको छ । आज नेप्से ६९.५ अंकले घटेर दुई हजार ९ सय ७५ दशमलब ८४ विन्दुमा थामिएको छ ।
त्यस्तै, आज १३ अर्ब २५ करोड ९६ लाख बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।
शेयरमूल्य बढ्ने कम्पनीहरुमा कर्णाली डेभलपमेन्ट बैंक रहेको छ । यस कम्पनीको शेयरमूल्य आज ७.५८ प्रतिशतले बढेको छ ।
त्यस्तै, आज रु रु जलविद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ९.९९ प्रतिशतले घटेको छ ।
कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनीको भएको छ ।
यस कम्पनीको आज एक अर्ब भन्दा बढीको कारोबार भएको छ ।


प्रतिक्रिया