देश

देशभर १३ स्थानमा सडक अवरुद्ध


काठमाडौँ – अविरल वर्षाका कारण आएको बाढी पहिरोको प्रभाव देशभर नै परेको छ । आज बिहान ९ बजेसम्ममा देशभरका मुख्य १३ ठाउँको सडक अवरुद्ध भएको सडक विभागले जनाएको छ ।

त्यस्तै ११८ स्थानमा एकतर्फी रुपमा सडक सञ्चालन भएको छ । हिमाल पारीको जिल्ला मनाङमा मात्रै चार स्थानमा सडक अवरुद्ध भएको छ । सिन्धुपाल्चोकमा तीन, लमजुङमा दुई, रसुवा, नुवाकोट, जुम्ला र पाल्पामा एक/एक स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छ ।